काठमाडौं । प्रभु इन्स्योरेन्सले नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन सय अंकित दरका ८३ करोड ५० लाख १३ हजार पाँच सय ४४ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न एनआइसी एसिया क्यापिटललाई नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य र निष्कासन तथा बिक्री प्रबन्धकतर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गर्नुभएको छ ।
हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उप-शाखामार्फत् निर्जीवन बिमा व्यवसाय गर्दै आएको छ । एनआइसी एसिया क्यापिटलले विगत लामो समयदेखि ‘आइडिया टु आइपिओ’ सेवा सञ्चालन गर्दै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts