झापा । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य इन्द्रबहादुर आङ्वोले सार्वजनिक विद्यालय शिक्षा मुलुकको गम्भीर बहसको विषय बनेको बताउनु भएको छ । अपरिपक्वता प्रदर्शन गरेको भन्दै उहाँले शिक्षामन्त्री सुमिना श्रेष्ठको खुलेर आलोचनासमेत गर्नुभएको छ ।
‘सार्वजनिक बहसको लागिू शीर्षक दिएर उहाँले सामाजिक सञ्जालमा पोष्ट गरेको सामग्रीमा लेखिएको छ,’ उहाँले भन्नेभयो,‘एसइईको रिजल्ट सार्वजनिक भएको २ दिन नबित्दै अनुत्तीर्ण सबै विद्यार्थीलाई मौका परीक्षा दिने निर्णय अपरिपक्व कदम हो ।’
सो निर्णयलाई शिक्षामन्त्रीको अपरिपक्वता भनेर टिप्पणी गर्नुभएको उहाँले शिक्षामन्त्रीको सो कदमले नै उहाँ अपरिपक्व भएको थप पुष्टि गरेको जिकिर गर्नुभएको छ ।
माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेतासमेत रहनु भएको आङ्वोले कानुनी रूपमा नै कक्षा १२ लाई विद्यालय तहको अन्तिम तह मानिसकेपछि एसइईमा अनुत्तीर्ण देखाई लाखौं बालबालिकालाई उनीहरुको जीवनको सिँढी चढ्न रोक्नु गलत भएको बताउनुभयो।
उहाँले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, ‘जेहोस् , यसपालिको एसइई परीणामले शिक्षा क्षेत्र मुलुककै गम्भीर बहसको केन्द्र बनेको छ ।’आङ्वोले सार्वजनिक शिक्षाको स्तर खस्केकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
‘सरकारको एक्लो प्रयत्नले मात्र हाम्रो सार्वजनिक विद्यालय शिक्षाको सुधार सम्भव छैन । सार्वजनिक विद्यालय शिक्षाको सुधारका लागि सबैले आफ्नो ठाउँबाट प्रयत्न र योगदान गरौँ ।’ उहाँले भन्नुयो ।
शिक्षामन्त्रीको आलोचना गर्नु भएको उहाँ घुमाउरो भाषामा वर्तमान सरकारको बचाउ गर्न भने चुक्नु भएको छैन ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts