काठमाडौं । नेपाल टेलिकमले नक्सालमा कपर प्रविधिबाट सञ्चालित पिएसटिएन र एडिएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटिटिएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्ण रूपमा स्तरोन्नतिका साथै कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । यससँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा एफटिटिएचमा स्तरोन्नति भएको कम्पनीले जनाएको छ ।
शुक्रबार दूरसञ्चार कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत् सञ्चालित सेवा बन्द गर्दै नेपाल टेलिकमले समयअनुसार नयाँ प्रविधि अवलम्बन कार्यलाई निरन्तरता दिइरहेको बताउनुभयो । बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुलीलगायतले कम्पनीले हाल विभिन्न स्थानमा स्तरोन्नति कार्य जारी राखेको जानकारी गराउँदैै ग्राहकलाई गुणस्तरीय सेवा दिने कार्यलाई सबैले आत्मसात गर्नुपर्ने बताएका थिए ।
नक्साल कार्यालय प्रमुख सन्तोष भण्डारीले नक्सालमा पाँच हजार क्षमताको एक्सचेन्ज निर्माण भई २०४० पुस १४ गते उद्घाटन भएको जानकारी दिँदै हाल क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको बताउनुभयो । टेलिकमले देशभर रहेका पुरानो कपर प्रविधि विस्थापन कार्य जारी राखेको कम्पनीका सहप्रवक्ता परमात्मा भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts