काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुग्नुएको थियो ।
उहाँहरुबीच करिब सवा दुई घण्टा छलफल भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ ।
केही दिनअघि संक्रमणकालीन न्याय (टीआरसी) राजनीतिक सहमतिमै टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग छलफल गर्नुभएको थियो ।
उहाँहरुबीच के विषयमा छलफल भयो सो बारे जानकारी दिइएको छैन । तर, मुख्य दुई ठूला दलका शीर्ष नेताबीचको भेटर्वातालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शनिबार ओली निवास बालकोटमा भएको दुई नेताबीचको छलफलले नेपालको राजनीतिमा नयाँ ट्वीस्ट आउनसक्ने आँकलन पनि हुन थालेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements