काठमाडौं । विषादी व्यवसायी संघ नेपाल आन्दोलनमा उत्रिएको छ । सरकारले कृषि बालीनालीमा प्रयोग हुने विषादीमा लाग्ने मूल्य अभिवृद्धि कर(भ्याट) र अन्य शुल्कको विरोध गर्दै आन्दोलनमा उत्रिएको छ । आर्थिक वर्ष २०८१/२०८२ को बजेटमा कृषि बालीनालीमा प्रयोग हुने सम्पूर्ण विषादीमा भ्याट लागू गरिएकोमा संघले प्रधानमन्त्री, अर्थमन्त्री, कृषि मन्त्रीलगायतसँग भेट गरी कृषि विषादीमा भ्याटको व्यवस्था हटाउने सकारात्मक जवाफ पाएपनि कार्यान्वयन नभएको संघको गुनासो छ ।
जीवनाशक विषादी ऐन २०७६ अन्तर्गत हालै मन्त्रिपरिषदबाट पारित जीवनाशक विषादी नियमावलीमा विषादी पञ्जिकरण शुल्कमा पाँचसयदेखि एक हजार रुपैयाँसम्म प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एकलौटीरुपमा निर्णय गरी शुल्क बृद्धि गरेको संघले जनाएको छ ।
विषादी व्यवसायीलगायत नेपाली किसानमाथि आर्थिक भार थोपर्दा कृषि पेशा घरापमा परेको भन्दै कृषि बालीनालीमा प्रयोग हुने विषादीलगायत कृषि बस्तुमा लागेको भ्याट र विषादी पञ्जिकरणमा वृद्धि गरेको शुल्क खारेजी माग गर्दै विषादी व्यवसायीले शुक्रबार देशव्यापीरुपमा विरोध प्रदर्शनी र पसल बन्द गरे भने यसलाई र शनिबार पनि निरन्तरता दिने जनाएका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता