काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा आज प्रकाशित हुने भएको छ ।बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको भए पनि केही प्राविधिक काम बाँकी रहेपछि आज नतिजा प्रकाशन गर्न लागेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले आज बिहान बोर्डको बैठक पछि नतिजा सार्वजनिक गर्ने जनाएको छ ।परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जानकारी दिनुभयाे ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडिङ (एनजी) उल्लेख गरिने भएको छ । गत चैतमा भएको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
कसरी हेर्ने नतिजा ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । नेपालमा नतिजा हेर्नको लागि मोबाईल एसएमएसबाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ ।उदाहरणको लागि मानौ तपाइँले हेर्न चाहेको नतिजाको सिम्बोल नम्बर १२३४५६७८ हो भने आफ्नो म्यासेज बक्समा गई SEE 12345678 लेखेर ३१००३ मा पठाउने ।
साथै ईन्टरनेटमा गइ नेपाल टेलिकमको वेबसाईट www.see.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ । यसका साथै अन्य विभिन्न वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts