काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी दुई अर्ब १० करोडको १५ प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री गर्ने भएको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौतापत्रमा युनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता