काठमाडौं । बलिउड अभिनेत्री जया प्रदा बुधबार नेपाल आइपुगेकी छिन् ।
भोलि बिहिवार काठमाडौंको रेडिसन होटलमा हुने एक कार्यक्रमको सिलसिलामा उनी नेपाल आएकी हुन्। पत्रकारहरु संघ बोल्दै उनले भनिन् नेपाल बहुत सुन्दर छ, यहाँ आउदा एकदम खुशी लाग्छ । उनले फेरि फेरि बोलाउन पनि अनुरोध समेत गरिन् ।
भोलि बिहान पशुपति पुजाआजा गर्न जाने उनले जानकारी दिइन् ।
उनले, संजोग, औलाद, मावली, कामचोर, आज का अर्जुन, स्वराज से सुन्दर लगायत चार दर्जको हाराहारीका बलिउड सिनेमामा अभिनय गरिसकेकी छन् ।
उनी शुक्रबार स्वदेश फर्किने बताइएको छ ।











