संसारमा दयालुपनको अभाव छैन । तथापि, यो संसारमा निर्दयी सोचको पनि कमी छैनन् । भनिन्छ: संसारमा गुण र अवगुण दुवै कुरा बराबरी छ । हामीलाई लाग्ने गर्छ : आजको समयमा जतिपनि मानिसहरूले छलकपट गरिरहेका छन् तिनैको प्रगति भइरहेको छ । किनकि, इमानदार अनि साँचो मानिस पछि परिरहन्छ । इमानदार मानिस धेरै कम नै भेटिन्छ आजकल भन्ने भनाइ सर्वत्र छ । तर इमानदारीता र मानवताको पहिचान बोकेर हिँड्ने जोकोही मानिसको जहिल्यै पनि सम्मान नै हुन्छ, इज्जत नै हुन्छ । अरूको व्यथा, पीडा भएको पढ्ने, सुन्ने र लेख्ने पनि गर्छु तर आज आफ्नै पीडामाथिको थपिएको अर्को तनाबलार्ई खुशीमा बदलीदिनुभएको छ विमल थपलिया सरले ।
प्रसंग हो मेरो दैकिनिकीको । आज बिहानकै कुरा हो म आफ्नो डिउटी सकी घर फर्की रहेको बेला नियमित प्रक्रिया जस्तै विहानको ८ः४५ हुँदो हो चाबहिलको ओम हस्पिटलको पछाडि रहेको तरकारी पसलमा गएको थिएँ । मैले आफ्नो आवश्यकता अनुसारको तरकारी किनेर व्यागमा राख्दै हिँडे । आफ्नो सवारीसाधन चढेर हिँडँे ख्यालै केही गरिनँ । आफ्नो निजी यात्रमा रहेँ । घर आएँ । सवारी राखेँ । घरको ढोकाको साँचो खोलेँ र आफूले बोकेको व्यगलाई स्थान्तर गरेँ । कोठामा पसरे कपडा खोल्दै गर्दा सधैँ झैं पर्स लिकाल्न खोजेँ, तर छैन । एक छिन व्यागतिर पो छ कि भनेर हेरेँ, कतै अन्तै राखेकि पनि सम्झिएँ, खोजेँ भेटिएन । मन झन् ढुक–ढुक हुन थाल्यो । ढोकाको चाबी लगाए उही बाटोको यात्रामा हुइकिएँ । उही चाबहिलको तरकारी बजार किनेको अन्तिम पसलमा आएँ र सोधे यहाँ त छुटेको छैन भन्ने जवाफ आयो । एकजना पसले दाइले सिसी फुटेज हेर्नु भयो, देखाउनुभयो र भन्नुभयो यहाँ खसेको छैन । त्यसपछि प्रहरी बृत्त चाबहिलमा रिपोर्ट गराएँ ।
घर फर्कँदै ओम हस्पिटिलको ठीक गेटमा आइ पुगेको थिएँ मोवाइलमा फोन आयो । फोन उठाएँ हलो सर तपाइँ चूडमणि बोल्लु भएको हो ? हो सर म बोल्दै छु । तपाइँको केही सामान हराएको छ ? छ सर अहिले एक घण्टाजति अगाडि । हजुरले भेट्नु भएको हो ? भटेको छु सर तपाइँको कार्डमा फोन नम्बर रहेछ तपाइँ लिन आउनु होला ¤¤ हवस् म हजुरलाई कल गर्छु भन्दै फोन काटे र कल व्याक गरे उहाँले लोकसन बताउनुभयो फोनमा बोल्दै पाँच मिनेटको समयमा उहाँको निवासमा पुगेँ । उहाँ गेटमा प्रतिक्षारत भएर बस्नु भएको रहेछ यो तपाइँको हो ? हो सर धन्यवाद सर भने । उहाँले भन्नु भयो यो पर्स तरकारी बजारको सिँडीमा खसेको रहेछ पाँच मिनेट जति पर्खे कोही नभएपछि यहाँ आएर कल गरेको हजुर हुनु हुँदो रहेछ । यसको लागि सर म सानो केही बक्सिस गर्छुभन्दा सिधै अस्वीका गर्नुभयो ।
मनले माने उहाँको सानीनानी विमल थपलिया सरसँगै थिइन् लगभग ११–१३ वर्षीया होलिन् उनलाई मैले उही आग्रह गर्दै नानी तिमी मेरी छोरी जस्तै हौं हुन्छ भन्दा त विमल सरभन्दा कडा बन्दै लिन्न, हुनभन्दै पछि हटिन् । एक तलामाथि विमल सरको म्याम नै हुनुपर्छ हाँस्दै लिनहुन्न भनेपछि कर नलगाउननु भन्दै उहाँले पनि आग्रह गरेपछि मैले केही शब्द नै बोलिन । अन्तिमा तस्वीर लिउँ सर भने र आग्रह गरेँ हुन्छ भन्नु भयो । म बिदा भएँ ।
म कस्तो तनाबमा थिएँ ?
न त्यो पर्समा धरै रकम थियो । मात्र थियो चाहिने जति सबै पत्र । पर्स हराएपछि तनाब ता यति थियो ती कागजपत्र कसरी बनाउने भन्नेमा । हामी सबैलाई थाहा छ एउटा काम गर्न वा निवेदन पेश गरेर सरकारी कार्यालयबाट सेवा दिने नाममा महिनौं र वर्षौंको झमेलाबाट तनाबमा थिएँ ।
पर्स हराएपछि म सोच्दै पनि थिए कुनै समय कतै पढेको विषय भगवान गौतम बुद्दले भन्नु भएको तिमीसँग हात छ, तिमीसँग आँखा छ तिमीसँग सहयोग गर्ने भावना भने तिमी कहिले पनि गरिब हुन सक्दैनाैँ यदि तिमीसँग सात पुस्तालाई पुग्ने सम्पत्ति छ भने तिमीले कोही दुःखी गरिबलाई सहयोग गर्दैनौं अरूलाई नराम्रो मनले हेर्छाैं, आफ्नोमात्र स्वार्थ हेर्छौं, अरू नागरिकलाई दुःख दिएर पैसा कमाउँछौं, अरूलाई हेपेर कुरा गर्छौं, अरूमाथि नकारात्मक सोच राख्छौं, आफूले समाज र देशलाई योगदान दिँदैनौं भने तिमी गरिब हो, धनको धनी भएर होइन कि मनको धनी हुनुपर्छ भन्ने बुद्ध भगवान्ले भन्नु भएको उपदेश खेलिरहेको थियो । यही भावमा मेरो तनाबमा रहेको मनलाई शीतल गराइदिने विमल सर र उहाँको परिवारजनप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु ।






