झापा । कोशी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाप्रति आक्रामक बन्नु भएको छ ।
सर्बोच्च अदालतको पूर्ण इजलासले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की विरुद्धको रिट खारेज गरेसँगै आङ्वो कोइरालाप्रति आक्रामक बन्नु भएको हो । माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहनुभएको आङ्वो सामाजिक सञ्जालमार्फत कोइरालामाथि खनिनु भएको हो ।
नेता कोइरालाप्रति व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा आङ्वोले लेख्नुभएको छ," रिट खारेज !" यतिमा चित्त नबुझाउनु भएको नेता आङ्वोले डा.शेखर कोइरालाले विराटनगरमा सर्बोच्च अदालतका न्यायाधीशहरुको पुत्ला जलाउने र जुलुस निकाल्न लगाउँछन् कि लगाउँदैनन् आज साँझमा ? प्रश्न गर्नुभएको छ ।
नेता आङ्वोले थप लेख्नुभएको छ," अस्ति प्रदेश प्रमुखलाई त छोड्नु भा थिएन क्यारे ! "
कांग्रेस - माओवादी गठबन्धन हुँदा मुख्यमन्त्री हुने दाउमा रहनु भएको आङ्वो अन्तिम समयमा पछि हट्नु परेको थियो । कोइराला पक्षधर नेता केदार कार्की मुख्यमन्त्री बनेपछि आङ्वो पछिहट्न बाध्य हुनु भएको थियो ।
त्यही तुष उहाँले नेता कोइराला माथि निरन्तर पोख्दै आउनु भएको छ । आङ्वोको आजको सामाजिक सञ्जालको अभिव्यक्ति त्यही तुषको पछिल्लो शृङ्खला हो ।
माघ १८ मा भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा कोशी प्रदेशबाट माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की पराजित हुनु भएको थियोे । उहाँ कांग्रेस - माओवादी गठबन्धनबाट उम्मेदवार हुनुहुन्थ्यो । सो निर्वाचनमा कोशी प्रदेशबाट गठबन्धनका अर्का उम्मेदवार कांग्रेस नेता उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको थियो ।
सोही बेलादेखि कांग्रेससँग बिच्कनु भएको नेता आङ्वो अहिले पनि कांग्रेससँग खुसी हुनुहुन्न। आजको अभिव्यक्तिले पनि त्यही संकेत गरेको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट सर्वोच्च अदालतले आज खारेज गरिदिएको छ ।
योसँगै माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हिक्मतकुमार कार्कीले वैधानिकता पाउनु भएको छ ।
एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts