
मिस युनिभर्स नेपाल–२०२३ को विजेता जेन दीपिका ग्यारेट एलिजाबेथ बोहोरा सौन्दर्य प्रतियोगिताका परम्परागत मापदण्डलाई तोड्न सफल पात्र हुनुहुन्छ ।
‘प्लस साइज’ शरीरमा निर्धक्क र्याम्पमा हिँडेर २३ वर्षीय दीपिकाले सौन्दर्य प्रतियोगिताको कथित मापदण्ड बजारको सौन्दर्यको परिभाषा नै परिवर्तन गर्नुभयो । यही विषयलाई त्यति बेला अन्तराष्ट्रिय मिडियाहरुले पनि चासोका साथ प्रसारण गरेका थिए ।
३६–२४–३६ साइजको शरीरलाई मात्र सुन्दर मान्ने मान्यतालाई चुनौती दिँदै मिस युनिभर्सको शीर्ष २० सम्म पुग्नुभएको थियो ।
सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका थिए । उहाँले मिस युनिभर्समा पहिलो ‘प्लस साइज मोडल’को कीर्तिमान रच्नु भयो। उहाँको आत्मविश्वासको पनि चर्चा खुबै भएको थियो। खासगरि, मिस युनिभर्सको प्रारम्भिक चरणमा दीपिकाको खुबै प्रशंसा भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच