
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सिंहदरबार जलाउँछु भनी दिएको अभिव्यक्तिप्रति नगर सभामा प्रश्न उठेको छ ।
सोमबार नगरसभा सदस्य अनिता कार्की ढोलीले मेयरसँग समय लिएर बोल्ने क्रममा मेयरले सिंहदरबार जलाउँछु भन्दा भोलि महानगरबासीले मेयरको दरबार जलाए भने के हुन्छ भनी प्रश्न गर्नुभयो ।
‘प्रमुखज्यू जुन कुर्सीमा बसिराख्नु भएको छ त्यो कुर्सीको अधिकार संविधान र कानूनले दिएको हो । जुन अधिकार सिंहदरबारले प्रदत्त गरेको अधिकार हो । व्यक्तिगत रिसइबीमा सिंहदरबार जलाउँछु भन्ने तपाईँलाई तपाईँ बस्ने भव्य दरबार, जहाँ ऐश आराम गरिरहनुभएको छ महानगरबासीले जलाए भने के हुन्छ ? दलको विकल्प दल हुन्, व्यक्ति हुन सक्दैन ।’ उहाँले भन्नुभयो ।
कार्कीले माओवादीले यो देशको परिवर्तनका लागि गरेको योगदानको अवमूल्यन नगर्न चेतावनीसमेत दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच