काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका र यौनिक अल्पसंख्यक, लैंगिक अल्पसंख्यक, अन्तर्राष्ट्रिय गैरसकारी संघसंस्था परिचालन र नियमन सम्बन्धी सबै क्षेत्रहरु समेट्ने गरी समेत बजेट ल्याएको दाबी गर्नुभएको छ ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनयोजन शिर्षकअन्तर्गत बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यको अनिवार्य दायित्व भित्र पर्ने संवेदनशील मानिने बाल सुधार गृहको स्थापना, सञ्चालन,महिला हिंसा, मानव बेचबिखन तथा ओसारपसार, पीडित र प्रभावितको लागि सेवा केन्द्र स्थापना लगायतका क्षेत्रमा पनि उचित बजेट विनियोजन गरेको बताउनु भयो । उहाँले अपांगता भएका व्यक्तिहरुको पुनःस्थापना केन्द्र सञ्चालन, ज्येष्ठ नागरिकको लागि मिलन केन्द्र, ज्येष्ठ नागरिक दिवस सेवा केन्द्र, वृद्धाश्रम सञ्चालनको लागि मन्त्रालयले प्राप्त गरेको बजेट सीमाभित्र रहेर पर्याप्त बजेट विनियोजन गरेको बताउनु भयो । उहाँले महिला सशक्तिकरण एवं अपांगता भउका व्यक्तिहरुका लागि विभिन्न लक्षित कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले प्राथमिकताका साथ बजेट विनियोजन भएको दाबी गर्नुभयो । उहाँले वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्राथमिकतामा कार्यान्वयन गर्न स्थानीय र प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रम परियोजनाअन्तर्गत दुर्गम क्षेत्र, गर्भवती तथा सुत्केरी महिला हवाई उद्धार गर्ने कार्यक्रमले सकारात्मक परिणाम दिएको बताउनु भयो । उहाँले प्रधानमन्त्री छोरी आत्मनिर्भरता कार्यक्रम आगामी आर्थिक वर्षमा अपेक्षाकृत बजेट विनियोजन प्रश्ताव नभएपनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुने आशा राखेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका र यौनिक अल्पसंख्यक, लैंगिक अल्पसंख्यक, अन्तर्राष्ट्रिय गैरसकारी संघसंस्था परिचालन र नियमन सम्बन्धी सबै क्षेत्रहरु समेट्ने गरी समेत बजेटले प्रश्ताव गरेको व्यहोरा जानकारी गराउँछु । राज्यको अनिवार्य दायित्व भित्र पर्ने संवेदनशील मानिने बाल सुधार गृहको स्थापना, सञ्चालन,महिला हिंसा, मानव बेचबिखन तथा ओसारपसार, पीडित र प्रभावितको लागि सेवा केन्द्र स्थापना केन्द्रहरु स्थापना, सञ्चालन, अपांगता भएका व्यक्तिहरुको पुनःस्थापना केन्द्र सञ्चालन, ज्येष्ठ नागरिकको लागि मिलन केन्द्र, ज्येष्ठ नागरिक दिवस सेवा केन्द्र, वृद्धाश्रम सञ्चालनको लागि मन्त्रालयले प्राप्त गरेको बजेट सीमाभित्र रहेर पर्याप्त बजेट विनियोजन गरेको छु । महिला सशक्तिकरण एवं अपांगता भउका व्यक्तिहरुका लागि विभिन्न लक्षित कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।’
मन्त्री चौधरीले कार्यक्रम कार्यान्वयन, प्रभावकारिता, अनुगमन, सहजकर्ता समेतका लागि मन्त्रालयको उद्देश्य प्राप्तिका लागि बजेट निश्चित स्थानमा विनियोजन गरेको दाबी गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements