काठमाडौं । दाउरा, वनमारालगायतका वन पैदावारमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट)ले स्वदेशी उद्योग प्रभावित हुने सम्बद्ध उद्योगी व्यवसायीले बताएका छन् । जैविक ऊर्जा व्यवसायी संघ नेपाल र नेपाल प्लाइउड उत्पादक संघले आइतबार पत्रकार सम्मेलन गरी स्वदेशकै वन पैदावारमा भ्याट लगाउने तर सोही प्रकृतिको कच्चापदार्थ भारत निकासी गर्न पैठारी कर तथा भ्याट छुटको व्यवस्था गरिएको भन्दै आपत्ति जनाएका हुन् । जैविक ऊर्जा व्यवसायी संघ नेपालका अध्यक्ष सुशील ज्ञवालीले आगामी बजेटमार्फत् दाउरा, वनमारा, ब्रिकेट, प्यालेटमा विगतमा दिइएको भ्याट छुट हटाइँदा औद्योगिक इन्धन आयात प्रतिस्थापनको सम्भावना नरहने बताउनुभयो ।
एकातिर तयारी उत्पादन पुनः आयात गर्न सहज हुने गरी पैठारी घटेको र अर्कातिर सञ्चालनमा आउँदै गरेका ब्रिकेट, प्यालेटलगायत वन पैदावारमा आधारित उद्योग बन्द हुने अवस्थामा पुगेको उहाँको भनाइ थियो । केही युवाले वन क्षेत्रमा खेर गइरहेको वन पैदावार तथा कृषि वस्तु उपयोग गरी उद्योग स्थापना गरिरहेका छन् । उल्लेखित उद्योगहरूले वनमारालगायत वनजन्य कच्चा पदार्थहरूबाट तापीय ऊर्जाका लागि ब्रिकेट, पेलेट उत्पादन गरी बाहिरबाट आयातित पेट्रोलियम पदार्थ प्रतिस्थापन गर्ने लक्ष्य लिएको अवस्थामा भ्याटले उद्योगहरू संकटमा पर्ने सरोकारवालाले बताएका छन् । ऊर्जा उत्पादनको नयाँ विकल्प ल्याई आयातित जीवाष्म इन्धन प्रतिस्थापनमा लागेका उद्योगलाई निरुत्साहित नगर्न नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमनारायण घिमिरेले माग गर्नुभएको छ ।
पूर्वमन्त्री गणेश साहले पनि ब्रिकेट तथा प्यालेटमा पहिलोपटक भ्याटको भार थपिनु र सोही वस्तु भारतबाट आयात हुँदा भ्याट तथा भन्सार शुल्क शून्य बनाइनु पश्चगामी कदम भएको बताउनुभयो । सरकारले उक्त प्रस्ताव फिर्ता नलिए आन्दोलनमा जानुपर्ने उहाँको भनाइ थियो । वातावरण विज्ञ भरतराज पोखरेल र सन्तोषमणि नेपालले पनि बजेटमा भएको भ्याटको निर्णय फिर्ता हुनुपर्ने बताउनुभएको थियो ।
फोटो







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts