काठमाडौं । नेको इन्योरेन्स लिमिटेडले वार्षिकोत्सवका अवसरमा नेपाल रेडक्रम सोसाइटीलाई एम्बुलेन्स प्रदान गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशअन्तर्गत रहेको नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखा, कपिलवस्तुलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एम्बुलेन्स सौजन्य स्वरूप प्रदान गरेको हो ।
आइतबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी, प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, कम्पनीका अध्यक्ष रमेशकुमार निरौला तथा प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्कालगायतको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts