काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन बचत वृद्धि योजना ल्याएको छ । आइतबार कम्पनीको प्रधान कार्यालय थापाथलीमा आयोजित कार्यक्रममा सञ्चालक समिति र व्यवस्थापन समूहले नयाँ योजना सार्वजनिक गरेको हो ।
सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बिमा योजना हो, जसले भविष्यका लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्नुका साथै आइपर्ने आर्थिक क्षतिबाट बिमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य पनि सुरक्षित गर्छ । यसअघिको बिमा योजनामा उमेरका आधारमा बिमाशुल्क फरक हुने गरेकामा नयाँ योजनामा उमेरका कारण बिमाशुल्क फरक नहुने कम्पनीले जनाएको छ ।
योजनामा लोयल्टी रिवार्डसमेत समावेश गरिएको छ । कम्पनीका उत्कृष्ट योजनामध्ये सिटिजन बचत वृद्धि योजना पनि एक हो । थोरै लगानी गरी धेरै लाभ उठाउन सकिने योजनामा सहभागी हुन न्यूनतम उमेर १८ वर्ष पुगेको हुनुपर्नेछ भने अधिकतम् उमेर ५५ वर्ष रहेको छ । योजनाको म्याचुरिटी ७० वर्षसम्ममा हुने व्यवस्था रहेको छ ।
कम्पनीका अनुसार बिमाशुल्क भुक्तानीबापत योजनाको शर्त तथा बन्देजको अधिनमा जुन घटना घटेमा भुक्तानी भनिएको होे सो घटना घटेमा बिमांक रकम वा एकाउन्ट भ्यालु बिमितलाई भुक्तानी गरिन्छ । बिमांक रकम भन्नाले बिमालेखअन्तर्गत बिमितको मृत्युलाभ निर्धारण गर्न बिमालेखको अनुसूचीमा उल्लेखित बिमाको रकमलाई बुझिन्छ । बिमा योजनामा न्यूनतम वार्षिक बिमाशुल्क १२ हजार रहेको छ र न्यूनतम बिमा अवधि १० वर्ष रहेको छ । कम्पनीले थप सुविधाअन्तर्गत दुर्घटनाबाट मृत्युलाभ, स्थायी पूर्ण अशक्तता लाभ, स्थायी आंशिक अशक्तता लाभ समावेश गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts