
काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय परिचय पत्रलाई स्थानीय तहबाट नै अभिलेख गर्नेगरी सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गराउने भन्दा अहिले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिक र अपांगता भएका नागरिकहरुलाई समस्या परिरहेको बताउनु भयो ।
उहाँले राष्ट्रिय परिचय पत्रलाई स्थानीय तहबाट नै अभिलेख गर्नेगरी सहज रुपमा वडा तहमै वितरण गर्नेगरी व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गराउने भनेको छ । यो राष्ट्रिय परिचयलाई एकीकृत गर्ने, सबैलाई एकै ठाउँमा एकीकृत गरेर ल्याउने दूरगामी उद्देश्यका हिसावले यो ठिक होला । तर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई अनिवार्य भनिदिँदा सोही अनुसारको सूचना संप्रेषण हुँदा जनमानसमा कठिन भएको छ । खासगरी ज्येष्ठ नागरिक र अपांगहरुलाई अनावश्यक रुपमा अननिवार्य भन्दा उहाँहरुले दुःख पाइरहनुभएको छ । राष्ट्रिय परिचय पत्रलाई स्थानीय तहबाट नै अभिलेख गर्नेगरी सहज रुपमा वडा तहमै वितरण गर्नेगरी व्यवस्था गर्न आवश्यक छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’
उहाँले छोरीहरुलाई गर्भबाट जन्मन नदिने स्थितिको अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच