नवलपरासी । पश्चिम नवलपरासीमा वैदेशिक रोजगारीमा रहेका घर परिवारका १ सय ५० नयाँ व्यवसाय दर्ता भएका छन् । आर्थिक बर्ष ०७६/७७ देखी ०८०/८१ को जेष्ठ मसान्तसम्मको तथ्यांक हेर्दा १ सय ५० साना तथा मझौला व्यवसाय दर्ता भएका हुन् ।
सात वटा पालिका रहेको नवलपरासी जिल्लामा रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकामा सुरक्षित आप्रवासन (सामी) परियोजना संचालनमा रहेको कार्यक्रम सयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिनुभयो । गत पाँच बर्षको तथ्यांक हेर्दा रामग्राममा ३७, बर्दघाटमा ३१, सुनवलमा ४३ र प्रतापपुरमा ३९ घर परिवारले नयाँ व्यवसाय सुरु गरेको भण्डारीले जानकारी दिनुभयो ।
पहिला केही नगरीकन बसेकी सुनवलकी मिना पौडेल अहिले भने आफैले भैंसी पालन गर्नु भएको छ । उहाँ भन्नुहुन्छ " पहिला केहि गरेकी थिइन, श्रीमान कतारमा गएको करिव १५ बर्ष भयो, श्रीमानले केहि दुख गर्नु पर्दैन भन्नुहुन्छ, त्यसैले पहिला केही नगरी बसेकी थिए तर अहिले एउटा भैंसी २०/२५ वटा लोकल कुखुरा पालेकी छु ।" भैसीले दैनिक १२ लिटर दुध दिन्छ । १० लिटर दुध बिक्री गर्दै आउनु भएकी मिना भन्नुहुन्छ " अहिले घर खर्च आफैले कमाएकोले पुर्याउछु श्रीमानको कमाइ बचत गर्छु ।"
नयाँ व्यवसाय गर्नेमा कृषि, पशुपालन र व्यापार गर्ने गरेको पाइएको छ । बाख्रा पालन, कुखुरा पालन, भैसी पालन, तरकारी तथा सब्जी लगाउने, किराना पसल गर्ने जस्ता व्यवसायीक काम गरेर आम्दानी गरिरहेका देखिन्छ ।
वैदेशिक रोजगारीमा रहेका बुवा-आमा, श्रीमान तथा श्रीमतीसंग सरसल्लाह गरेरै व्यवसाय सुरु गर्नेमा सुनवल नगरपालिकामा सबै भन्दा धेरै रहेका छन् । बिगत देखी नै गरेको व्यवसायमा विभिन्न हिसाबले व्यवसाय प्रवर्द्धन गर्नेमा १ सय ८१ घर परिवार रहेका छन । जसमा रामग्राममा ६३, बर्दघाटमा ३१, सुनवलमा ५०, प्रतापपुरमा ३७ घर परिवारले आफ्नो व्यवसाय प्रवर्द्धन गरेका छ्न । बित्तिय साक्षरतामा सहभागी मध्य ९ सय २८ जनाले बचतमा वृद्धि गरेका छन भने ३ सय ४ जनाले बैक तथा बित्तिय संस्थामा खाता खोली कारोबारसमेत गरीरहेको परियोजनाले जनाएको छ ।
जिल्लाका चार पालिकामा सामी परियोजनाले वैदेशिक रोजगारीमा गएका घर परिवारलाई लक्षित गरि बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्शको साप्ताहिक रुपमा २१ हप्ते कक्षा सञ्चालन गरेको भण्डारीले उल्लेख गर्नु भयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा