हाल नेपालको राजनीति अवस्था हेर्दा त्यति आशा लाग्दो देखिएन । राजनीतिक दल र तिनका नेताहरू स्वार्थी भए । देशको राजनीति भाग बण्डाले चलेको छ । सत्तामा मिलेर जाने र भागबण्डा लगाएर खानेबाहेक राजनीतिमा अरू केही देखिएन । जनतामा राम्रो सन्देश जाँदैन । कर्णालीका जनता भोकै छन् । बिरामी हुँदा सिटामोल छैन । पक्की पुल बन्न नसकेर तुइनको भरमा खोलो वारपार गरिरहेका छन् । यतातिर राज्यको ध्यान जानुपर्ने हो कि होइन ? कर्णालीमै पक्की पुल नबन्दा केही दिनअघि भारी बोकेका खच्चडको ज्यान गएको र केही सकुशल उद्धार भएका समाचार पढेकै हौं ।
सत्तामा भएका राजनीति दल र तिनका नेताहरूलाई राजनीति नियुक्तिको भागबण्डा मिलाउन व्यस्त छन्, अरू सोच्ने फुर्सद छैन । शुक्रबारमात्र एमाले, माओवादी केन्द्र, रास्वपाले राजदूत न्युक्तिको भागबण्डा मिलाए । जान्नेलाई छान्ने भन्ने पार्टीलाई पनि भागबण्डा चाहिएछ । ‘राइट मेन राइट प्लेस’ नहुनु नै हाम्रो देशको विडम्बना । बडो गजबको कुरा । अरू पार्टी त बिग्रँदै आएका छन् तर रास्वपा पनि बिग्रने हो भने जनतालाई किन त्यस्तो आश्वासन दिएको ? मौका आउँदा जनताले हिसाब किताब गर्लान् निर्वाचका बेला । हरेक क्षेत्रमा राजनीतिक नियुक्तिले आफ्ना मान्छे भर्ने परम्परा छ । पार्टीका झोले हुन नसक्दा योग्य र सक्षम मान्छे छनोटबाट फालिएका छन् ।
शासन सत्तामा पुग्न दलहरू जे पनि गर्छन् । दलहरूका गतिविधिले राज्यको अर्थतन्त्र कमजोर छ । युवा विदेश पलायन हुने क्रम बढिरहेको छ । राज्यमा केवल दलाली, कमिसन, तस्करी, डन, माफिया, दादागिरी फष्टाएको छ ।
राजनीतिक दल र तिनका नेताहरू मनपरी गरिरहेका छन् । राज्यका सबै अंगमा भ्रष्टचार बढ्दो छ । सरकारी कार्यालयअन्तर्गत मालपोत, भूमिसुधार तथा नापी कार्यालय, विकास कार्य, निर्माण व्यवसाय, यातायात व्यवस्था, आन्तरिक राजस्व कार्यालय, स्थानीय तह लगायतमा अनियमितता, ढिल्लासुस्ती भइरहेको छ । भ्रष्टाचार सरुवा रोगको प्रकोपजस्तो भयावह भएको छ । मुलुकको भविष्य बनाउने सपना देखाउँदै कथित सशस्त्रयुद्धमा मर्न र मार्न तयार बनाउने दलका नेता नै आज सरकारमा पुगेपछि ऐसआरामको जिन्दगी बाँचिरहेका छन् ।
उनीहरूलाई यो मुलुकको कुनै चिन्ता छैन, देश बनोस् या बिग्रयोस् । हिजो राम्रोसँग खान नपाउनेहरू आज घुस र कमिसनको रकमले नवधनाढ्य बनेका छन् । नेतामा इज्जत छैन । आफ्नो इज्जत आफैं फालिरहेका छन् । मुलुकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, आन्तरिक लेखा परीक्षण, राष्ट्रिय अनुसन्धान विभागलगायत संयन्त्रका अस्त्रहरू छन् तर अनियमितता किन रोकिँदैन ?
यति सानो देशमा धेरै राजनीतिक दलहरूको काम छैन । राजनीति दलहरू बर्खाको च्याउजस्तै उम्रिएका छन् । यो देशका लागि राम्रो कुरा होइन, लोकतन्त्रमा पार्टी खोल्न पाइन्छ खोल्नै हुँदैन भन्न खोजेको होइन तर राजनीति पार्टीमात्र खोलेर देश कसले बनाउने ? सबै नेता भएपछि श्रम कसले गर्ने ? भन्न खोजेको यही हो । आज धेरै पार्टी मिलेर शासन गरिरहेका छन् । देश लुटिरहेका छन् । आज राजनीति व्यापारमुखी, नाफामुखी भयो । राजनीति त सेवामुखी हुनुपर्दथ्यो, हुन सकेन । चुनाव खर्चिलो र भड्किलो भयो । पैसा नहुने चुनाव लड्नै डराउने भए । त्यसो भएपछि व्यापारी राजनीतिमा आएर चुनाव लड्ने अवस्था बन्यो ।
राजनीति गर्नेले राजनीति गर्नुपर्यो जसको जे पेशा हो त्यसले त्यही गरेमात्र देशमा राम्रो हुन्छ । आर्दशको राजनीति हराएपछि सबै बिग्रँदै जाँदो रहेछ । सोझा र गरिबले न्याय पाउने अवस्था छैन । देशमा कानुनभन्दा माथि कोही छैन, कानुनको परिपालना हुनुपर्छ । न्यायलाई किनबेचको वस्तु बनाइनु हुँदैन । आफ्ना आसेपासेलाई पोस्ने र न्याय दिने काम हँुदै आएको छ । न्यायलयसमेत राजनीतिक कार्यकर्ताको भर्ती केन्द्र भएको छ । कसरी हामीले न्यायलयको विश्वास गर्ने ? शासन सत्तामा पुग्न दलहरू जे पनि गर्छन् । दलहरूका गतिविधिले राज्यको अर्थतन्त्र कमजोर छ । युवा विदेश पलायन हुने क्रम बढिरहेको छ । राज्यमा केवल दलाली, कमिसन, तस्करी, डन, माफिया, दादागिरी फष्टाएको छ ।
हामी देखिरहेका छौं, देशमा दूरदर्शी र इमान्दार नेता नभएकाले देश पछि परेको हो । देश बन्नका लागि इमानदारी र दूरदर्शी नेताको खाँचो हुन्छ । त्यो हामीलाई खड्किरहेको छ । नेतृत्व इमानदार दूरदर्शी र क्षमतावान भयो भनेमात्र देश अघि बढ्न सक्छ । शासन व्यवस्था लोकतान्त्रिक हुँदाहुँदै पनि नेतृत्व बेइमान भइदिँदा देश बर्बाद भयो । अब देश बनाउनेतिर लाग्ने कि गफाडी कुरा गरेर बिताउने ? (लेखक १५३ विश्वकीर्तिमानी व्यक्ति हुनुहुन्छ ।)







This is breaking news.
Video News Post
Breaking News with Advertisements