काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्य माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्पलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ । कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सञ्चालनमा ल्याएको हो ।
त्यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवा स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याएको छ । समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीयस्थल माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तारसँगै सो क्षेत्रका स्थानीय बासिन्दा, पर्यटक तथा अन्य व्यवसायीसमेत नेपाल टेलिकमको फोरजी मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts