काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो स्थापना दिवस मनाएको छ ।
रास्वपाको दोस्रो स्थापना दिवसको अवसरमा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित चियापान समारोहमा शीर्ष दलका शीर्ष नेताहरु पुगेका थिए । साथै विभिन्न क्षेत्रका अगुवाहरू पनि सो समारोहमा पुगेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, झलनाथ खनाल, उपेन्द्र यादव, राजेन्द्र लिङ्देनलगायतका नेता पुग्नुभएको थियो ।
उनीहरुले सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत रास्वपाका नेताहरुले स्वागत गरेका थिए ।














