काठमाडौं । सिद्घार्थ बैंकले नेपालको बैंकिङ क्षेत्रमै पहिलोपटक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना ल्याएको छ । बैंकले नक्सालस्थित प्रधान कार्यालय भवनमा बैंकका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह, सञ्चारकर्मीका साथै बैंकमा कार्यरत कर्मचारीको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी योजना सार्वजनिक गरेको हो ।
सिद्धार्थ रिवार्डस कार्यक्रमअन्तर्गत ग्राहकले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद र मोबाइल बैंकिङबाट गरेको टपअपका आधारमा रिवार्डस पोइन्ट्स प्राप्त गर्न सक्नेछन् । यसरी आर्जन गरेको पोइन्ट्सलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्टलगायत विभिन्न सेवा लिन भुक्तानीका लागि नगद सट्टा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले बैंकको यस सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्याय सुरुवात भई ग्राहकको बैंकिङ अनुभव अझ गुणस्तरीय बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखी कसरी पृथक् एवं नवीनतम् सेवा प्रदान गर्न सकिन्छ भन्नेमा बैंक सदैव केन्द्रित रहेको बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements