नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि करिब ७२ करोड बजेट ल्याएको छ ।
बुधबार गाउँपालिकाले १६ औं गाउँ सभा आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै ७१ करोड ७९ लाख ३४ हजार रकम बजेट ल्याएको हो । चालु तर्फ ४७ करोड ४७ लाख १० हजार र पुजिगत तर्फ २४ करोड ३२ लाख २४ हजार रकम अनुमानित गरिएको छ । जस मध्ये संघीय सरकारबाट बित्तीय समानिकरण अनुदान रु १३ करोड ३८ लाख, शसर्त अनुदान चालु रु २४ करोड ५२ लाख ३४ हजार, शसर्त अनुदान पुँजीगत रु ३ करोड ४८ लाख, बिशेष अनुदान १ करोड र समपुरक अनुदान १ करोड ५० लाख रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट बित्तीय समानिकरण अनुदान रु ९४ लाख २९ हजार र समपुरक अनुदान रु ७० लाख आम्दानी प्राप्त रहेको छ । त्यसैगरी राजस्व बाँडफाडबाट प्राप्त हुने आम्दानी संघीय सरकार बाट ११ करोड ३ लाख, प्रदेश सरकारबाट रु ५३ लाख ९५ हजार र स्थानीय सरकारबाट ५० लाख रहेको प्रतापपुर गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरीले जानकारी दिनुभयो ।
प्रतापपुर गाउँपालिकाले ल्याएको बजेटमा आर्थिक विकासतर्फ १० करोड ४५ लाख ३ हजार, सामाजिक विकास तर्फ २९ करोड १२ लाख १३ हजार, पुर्वाधार विकास तर्फ १९ करोड १८ लाख ५६ हजार, सुशासन तथा अन्तरसम्बन्धित तर्फ १ करोड ४४ लाख ६२ हजार र कार्यालय व्यवस्थापन र प्रशासनिक खर्च तर्फ ११ करोड ५९ लाख क्षेत्रगत रूपमा वर्गीकरण गरिएको पालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पशु ,पुर्वाधार विकास, युवा तथा खेलकुद,लैङ्गिक समावेशी तथा सामाजिकरण, पर्यटन विकास,समाजिक विकास र पालिकालाई सुशासन तथा जनउत्तरदायि जस्ता नीति तथा कार्यक्रमलाई प्राथमिकता राखेर नीति कार्यक्रम ल्याइएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनुभयो ।
पालिकाले नीति तथा कार्यक्रममा कृषिलाई विशेष प्राथमिकता दिएको छ । प्रतापपुरमा किसानलाई कृषि बिद्युतिकरण गर्ने र उखु काट्ने हार्भेष्टर मेसिन किन्ने, कृषि प्रयोगशाला निमार्ण गर्ने, कृषि तथा उखु जन्यसामाग्रीको बिक्रीका लागि कृषि बजारको निर्माण गर्ने, गाउँपालिकालाई केरा र कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने, किसानहरुको उन्नति प्रतापपुरबासीको प्रगति भन्ने मुल नाराका साथ प्रतापपुर गाउँपालिका अधि बढेको अध्यक्ष यादवले उल्लेख गर्नु भयो ।
१६ औं गाउँ सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव (रुदल)ले प्रतापपुर गाउँपालिकाको नीति अनुसार कार्यक्रम र कार्यक्रम अनुसार बजेट ल्याएको उल्लेख गर्नु भयो । "नीति कार्यक्रम राम्रो छ । कार्यान्वयन गर्नका लागि सम्पुर्ण जनप्रतिनिधिहरु र कर्मचारी लाग्नु पर्छ ।" यादवले भन्नु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच