
सर्लाही । सर्लाहीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएकाे छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका–१ रायमाझी चोकमा आज बिहान यात्रुबाहक बस र भारतीय मालबाहक ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको हाे ।
दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । आज बिहान साँढे ६ बजेतिर बागमती नगरपालिका १ रायमाझी चोकमा भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्वरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
ज्यान गुमाउनेहरुमा रुपन्देहीका दर्शक कुँवर, रामकरण केबट र हरिबहादुर चौधरी रहेका छन् । घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले बताउनुभयो ।
घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच