सोलुखुम्बु । नेपाल तरुण दलका केन्द्रीय सदस्य एवं महाधिवेशन प्रतिनिधि नविन थापाले एक लाख १ हजार १ रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गर्नु भएको छ ।
आफ्नो जन्म दिनको अवसरमा थापाले शनिबार जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका वडा नं–२ काँगेल बाहुनडीस्थित काँगेल आधारभूत विद्यालयमा सो अक्षयकोष स्थापना उद्घोष गर्नु भएको छ ।
अक्षय कोषबाट वार्षिक रूपमा प्राप्त हुने ब्याजबाट विद्यालयमा सबैभन्दा बढी अंक ल्याउने तीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने थापाले बताउनु भयो । जन्मदिनका अवसरमा फजुल खर्च गर्ने विकृत परिपाटी अन्त्य गर्न र समाजमा फैंलँदै गएका फजुल खर्च रोक्न आफूले कोषको स्थापना गर्ने निर्णय गरेको बताउनु भयो ।
थापा सोलु नेपाली कांग्रेसको राजनीतिमा सक्रिय र निर्णायक पनि बन्दै जानु भएको छ । उहाँको अन्य सामाजिक कामबाट पनि चर्चित हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा