सिन्धुली । मध्यपहाडी लोकमार्ग खुर्कोट-घुर्मी सडक खण्ड बुधबार विहानबाट अवरुद्ध भएको छ । सडक माथिबाट खसेको पहिरो र बगेर आएको लेदोले ठाउँ-ठाउँमा सडक अवरुद्ध भएको हो ।
गोलञ्जोर गाउँपालिका-६ हैबारबेंसी नजिकको अक्करेभिर, गोलञ्जोर-१ कुडुले, फिक्कल गाउँपालिका-२ सुम्नामबेंसीलगायतका क्षेत्रहरुमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको प्रहरी प्रमुख, प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार खुर्कोटबाट पूर्वतर्फको सडक खण्ड अवरुद्ध दर्जनौँ सवारीसाधन तथा यात्रुहरु अलपत्र परेका छन् । त्यस्तै गोलञ्जोर-१ कुडुलेमा प्र.२-०३-००१ख७१४४ नम्बरको टेलर माथिबाट बगेर आएको लेदोले पुरिएको छ । मानवीय क्षति भने अहिललेसम्म भएको छैन ।
सडक अवरुद्ध भएको क्षेत्रमा स्थानीय सरकार र प्रहरी पुगेका छन् । जेसिबीको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डको ६१ किलामिटर सडकको दर्जनौं स्थानमा पहिरो खस्छ । तर अक्करे भिरको जस्तो सास्ती अन्त छैन । सामान्य वर्षात हुनासाथ अक्करे भीरमा पहिरो खस्ने गरेको छ स्थानीय नागरिकले बताएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा