दुधको भुक्तानी दिन माग गर्दै बिरोध प्रदर्शन, ३४ जना बढी पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । दुधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरुले बिरोध प्रदर्शन गरेका छन् ।

दुधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका हुन् । उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् ।

ADVERTISEMENT

बिरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानीलगायत विभिन्न मागसहित पटक पटक गरेको सम्झौता/सहमतिसमेत कार्यान्वन नभएको उनीहरुको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *