काठमाडौं । उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाडी व्यवसायीको टहरामा डोजर चलाएको भन्दै कवाडी व्यवसायीहरु काठमाडाैं महानगरविरुद्ध फेरि प्रदर्शनमा उत्रिएका छन् ।
केही दिनदेखि उनीहरु काठमाडौँ महानगरको निर्णय विरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका छन् ।
आज पनि बिरोध गर्दै उनीहरु कमलादीमा रहेको काठमाडौँ महानगरपालिका को कार्यालय घेर्न पुगेका थिए ।
सोहि क्रममा नेपाल प्रहरीले उनीहरुलाई त्यहाँदेखि हटाउन खोज्दा केहिबेर लाठी चार्ज पनि गरेको थियो ।











