काठमाडौं । यही शुत्रबारदेखि प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ को गीत ‘आगोको राप’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सत्यराज र स्वरूपराज आचार्यको स्वर छ । भक्तराज आचार्य संगीत रहेको गीतलाई नवराज लम्सालले लेख्नुभएको हो ।
भिडियोमा चलचित्रका कलाकार सत्यराज आचार्य, दयाहाङ राई, अरुणा कार्की, स्वर्गीय गोपाल भुटानीलगायत प्रस्तुत हुनुहुन्छ । १३ वर्षअघि नै निर्माण भएर प्रदर्शन भए तापनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले फिल्मको पुनः यो चलचित्र प्रदर्शन गर्न लागेको हो । यसपटक प्रदर्शन हुने चलचित्रमा भक्तराजको निधनपश्चातका केही दृष्यसमेत समेटिनेछ ।
चलचित्रमा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य, अरुणा कार्की, सुनील पोखरेलदेखि सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीलगायत कलाकारको यसमा अभिनय छ । रोशन राई निर्माता रहेको चलचित्रलाई प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको हो । चलचित्रलाई पुनः सम्पादन देवजंग थापाले गर्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा