प्राइभेट पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री वितरण नगरेपछि सरकारी पम्पमा पेट्रोल भर्नेको लाइन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन पश्चात प्राइभेट पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री वितरणमा रोक गरे सँगै सरकारी पम्पमा पेट्रोल भर्नेको लाइन लागेको छ ।

नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो ।

ADVERTISEMENT

चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन ।

संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *