काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्तिपछि नजिक भएका शाखा सञ्जालमध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी थापाथलीबाट सञ्चालनमा ल्याएको छ । उक्त शाखा उद्घाटन आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले गर्नुभएको हो ।
त्यसैगरी बैंकले नारायणगढ शाखा पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका १ मेन रोड नारायणगढबाट सेवा सञ्चालनमा ल्याएको छ । हाल बैंकले १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटिएम, पाँच सयभन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements