भोजपुर । ‘उकाली ज्यानको बाटो छ कठिन हिन्नलाई बरिलै’ गीत सार्वजनिक भएको छ । अभिनास राईको शब्द र संगीत रहेको गीतमा गायक भिषण मुकारुङ्गको स्वर रहेको गीत सेवा है नमस्ते सार्वजनिक गरिएको छ ।
गीतमा भोजपुरलाई समेटिएको छ । संगीत संयोजक राजु कार्कीको रहेको गीत अभि क्रियशन युट्युव मार्फत रिलिज भएको हो ।
गीतमा भोजपुरको मुन्दुम पदमार्ग, टेम्केडाँडा, सुन्तलेडाँडा, घोरेटार लगायतका क्षेत्रहरुलाई समेटिएको छ । यस भन्दा अगाडी पनि अभिनासका बिभिन्न गीतहरु सार्वजनिक भई सकेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता