
काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले सफाइ पाउनु भएको छ।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यहरू तेजारायण सिंह राई र रामबहादुर थापाको इजलासले गैरकानुनी लाभको कसूरमा पौडेलसहित ८ जनालाई सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै गत माघ १० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले रीतपूर्वक माग नभएको अवस्थामा ऐनविपरीत भीएफडी खरिद गरी भुक्तानीसमेत गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो। आयोगले २२ लाख ७८ हजार ३०५ रुपैयाँ बिगो र सजायको माग गरेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच