काठमाडौं । स्यामुकापु ट्रेडिङ प्रालिले शहरी आवतजावतलाई लक्षित गर्दै नवीनतम प्रविधियुक्त इ १ ए सिरिजको इलेक्ट्रिक स्कुटर नेपालमा भित्र्याएको छ । स्यामुकापु इ १ ए सिरिजको नेपालका लागि आधिकारिक बिक्रेता हो ।
एडभान्स टेक्नोलोजी, उच्च पर्फर्मेन्स र वातावरणमैत्री प्रविधियुक्त ई-स्कुटर नेपाली ग्राहकको पहिलो रोजाइ हुनेमा कम्पनी विश्वस्त रहेको छ । हाल इ १ ई-स्कुटर भारत, श्रीलंका, युएइ, मलेसिया र घानामा उपलब्ध छ ।
कम्पनीका अनुसार ई-स्कुटर शहरी आवतजावतका लागि निकै भरपर्दो छ । ई-स्कुटरमा दुर्ईवटा ब्याट्री अप्सन उपलब्ध छन्, ४० एएच ब्याट्री र एडभेन्चर एस ब्याट्रीले फुल चार्जमा एक सयदेखि दुर्ई सय किलोमिटर रेन्ज दिन्छ । स्टाइलिससँगै आरामदायी पनि रहेको स्कुटरका टायर ट्युबलेस छन् भने ब्याट्री सिटमुनि रहेकाले ई-स्कुटरमा तौल सन्तुलन राम्रो छ, जसले गर्दा ओभरअल राइड ब्यालेन्स्ड हुन्छ ।
इ १ ए सिरिजमा तीनवटा छुट्टाछुट्टै राइडिङ मोड छन् । इको मोड, ड्राइभिङ मोड र स्पोर्ट्स मोड रहेका छन् । डुअल डिस्क ब्रेकले सुरक्षित तरिकाबाट ई-स्कुटर रोक्न मद्दत गर्नुका साथै एक सय ५० केजीसम्मको लोड पनि बोक्न सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच