कृषिसम्बन्धी ‘बुट क्याम्प’ सञ्चालन

Read Time = 3 mins

काठमाडौं । कोशी प्रदेशका कृषि उद्यमीलाई नवप्रवर्तन र आर्थिक वृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ आयोजित आध्यन्त एक्सिलेटर कार्यक्रमअन्तर्गतको पहिलो तीनदिने बुट क्याम्प मंगलबार सम्पन्न भएको छ । आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड, सहज-एनएएमडिपी (नेपाल कृषि बजार विकास कार्यक्रम), नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ च्याप्टर र कोशी प्रदेशको लगानी प्राधिकरणको संयुक्त आयोजनामा बिर्तामोडमा भएको कार्यक्रममा चिया, टिस्यु कल्चर, मेसिनरीलगायत विभिन्न क्षेत्रका ११ उद्यमीको सहभागिता थियो ।

बुट क्याम्पमा शिवबाबा अचार जुस उद्योग, रक्तकाली टी स्टेट, सिद्धिदेवी डेरी, मंकसहुड कृषि फर्म, एग्री सेन्टर, दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो प्रालि, मान्यता सायन कृषि बहुउद्देश्यीय फार्म, विराट ग्रुप, खेतीपाती अर्गानिक्स, रामधुनी चिउरा मिल र रिभर्स भेण्डिङ मेसिन नेपाल प्रालिको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

आयोजकका अनुसार आध्यन्त एक्सिलेरेटर कार्यक्रमको प्राथमिक लक्ष्य कृषि उद्यमीलाई आफ्नो व्यवसाय बढाउन आवश्यक सीप र ज्ञान प्रदान गरी पुँजीमा पहुँच पुर्‍याउन सहयोग गर्नु रहेको छ । तथापि कार्यक्रमको बृहत् उद्देश्य कोशी प्रदेशका स्थानीय कृषि उद्यमीलाई सहयोग गर्नु र समग्र प्रदेशकै आर्थिक विकासलाई प्रवद्र्धन गर्नु हो ।

बुट क्याम्पको प्रारूपमा सञ्चालित कार्यक्रमलाई सहआयोजक संस्था अन्तरप्रेरणाका निरज कार्कीले सहजीकरण गर्नुभएको थियो । बुट क्याम्पले बजार अनुसन्धान, वित्तीय योजना र लगानी प्राप्तिको तयारीलगायत व्यवसाय विकाससँग सम्बन्धित विभिन्न पक्षलाई समेटेको थियो । आध्यन्त एक्सिलेरेटर कार्यक्रमअन्तर्गत सञ्चालित पहिलो बुट क्याम्पको सफलताले कोशी प्रदेशमा कृषि उद्यमशीलताको सम्भावनालाई थप उजागर गरेको आयोजकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज