काठमाडौं । टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले काठमाडौंमा टिभिएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ । जेठ १३ गते आयोजित राइड टिभिएसको बानेश्वर शोरूमबाट सुरु भएर हृवाइट हाउस रिसोर्ट, बोसन डाँडा पुगेर समापन भएको थियो ।
राइडमा सहभागीबीच विभिन्न गेम खेलाइनुका साथै राइडरलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो । करिब ५० राइडरहरू सहभागी रहेकोमा टिभिएसको बानेश्वर शोरुमका श्रीकृष्ण थापाले स्वागत गर्नुभएको थियो ।
टिभिएसकी प्रोडक्ट हेड करुणा पुडासैनीका अनुसार राइडको मुख्य लक्ष्य नेपालमा एक लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु थियो ।






