काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक ३२५ एल नेपालको लायन वर्ष २०२४-२०२५ को डिष्ट्रिक क्याबिनेट अफिसर स्कुलिङ कार्यक्रम धुलिखेलमा डिष्ट्रिक गभर्नर इलेक्ट लायन सुमन भट्टको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा एक सय ३५ जना क्याबिनेट पदाधिकारी र अन्य गरी एक सय ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो । जेठ २५ गते देखि २७ गतेसम्म आयोजित कार्यक्रममा डिष्ट्रिक गभर्नर इलेक्ट लायन सुमन भट्टले लायन वर्ष २०२४-२०२५ को कार्यक्रमबारेमा विस्तृतरूपमा जानकारी गराउनुभएको थियो । साथै डिष्ट्रिकका मनोनित सिनियर क्याबिनेट अफिसरहरूलाई निवर्तमान डिष्ट्रिक गभर्नर लायन मणिरत्न बज्राचार्य तथा जोन चियरपर्सनहरूलाई डिष्ट्रिक गभर्नर इलेक्ट लायन सुमन भट्टले र रिजन चियरपर्सनहरूलाई प्रथम भाइस डिष्ट्रिक गभर्नर लायन एकनारायण शर्माले पदीय दायित्वअनुसारको काम, कर्तव्य र अधिकार सम्बन्धमा छुट्टाछुट्टै प्रस्तुतीकरण दिनुभएको थियो ।
डिष्ट्रिक क्याबिनेट अफिसर स्कुलिङ कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटी, पूर्वअन्तर्राष्ट्रिय निर्देशक तथा कन्सिच्युसनल एरिया लिडर लायन सञ्जय खेतान, ग्याट एरिया लिडर लायन खगेन्द्र सिटौला, एलसिआइएफ एरिया लिडर लायन राजन लम्साललगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो । सम्पूर्ण प्रशिक्षणको पाठ्यक्रम डिजाइन लायन्स अन्तर्राष्ट्रियबाट सर्टिफाइड इन्सटक्टर एवं पूर्वाञ्चल विश्वविद्यालयका डिन लायन डा. सन्देशदास श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा किनोट स्पिकरका रूपमा काठमाडौं विश्वविद्यालयका रजिस्टार प्रोफेसर डा. अच्युतप्रसाद वाग्ले र मोटिभेसन स्पिकरमा चर्चित मोटिभेटर सौनक भट्ट हुनुहुन्थ्यो । डिष्ट्रिक एक्जुकेटिभ चिफ मिडियाका लायन श्यामप्रसाद अधिकारीले डिष्ट्रिकमा रहेका सम्पूर्ण क्लबहरूले गरेका उत्कृष्ट सामाजिक कार्यको प्रचारप्रसार डिष्ट्रिकले विभिन्न मिडियामार्फत् गर्ने जानकारी दिनुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts