
मस्को । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रुसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।
सुखोई-३४ जेट ‘पहाडी क्षेत्रमा“ दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको एक विज्ञप्तिमा भनिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ ।
पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब आठ सय किलोमिटर टाढा छ ।
जुन-८ मा, क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक सहर नजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको तर तीमध्ये तिनलाई गोली हानेर खसालेको बताए । फब्रअरी २०२२ मा युक्रेनविरुद्ध रुसले सुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच