बुटवल- नारायणघाट सडक खण्ड अवरुद्ध भए एक घण्टा भित्र सुचारु गरिने 

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । नारायणघाट-बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने भएको छ । मनसुन भित्रिएसगै पुर्व तयारी स्वरुप पश्चिम् र पुर्वी खण्डको सिमानामा पर्ने दाउन्नेमा यात्रा सहज बनाउनका लागि पुर्वी र पश्चिम् नवलपरासीका सुरक्षा निकाय र आयोजना कम्पनी बिच सोमबार बिनयी त्रिबेणी गाउँपालिकामा भएको छलफलले सडक सहज बनाउने निर्णय गरेको हो ।

पुर्वी नवलपरासी र पश्चिम नवलपरासी गरि दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रा सहज गर्ने बिषयमा विभिन्न छलफल भएको पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरो जोखिम क्षेत्रमा नियमित ढङ्गबाट सडक सुचारु गर्नका लागि यान्त्रिक उपकरण र मानवीय स्रोतको व्यवस्थापन आयोजनाले गर्ने निर्णय भएको पश्चिम् खण्डका आयोजना प्रमुख शसाङ्क मिश्रले बताउनु भयो  । "दश किलोमिटर क्षेत्रमा अलि समस्या हुन सक्छ,बर्षातमा पहिरो जाने,सवारीसाधन फस्ने हुँदा तुरुन्तै यात्रा सहज गर्न हामिले ५ स्थानमा  जनशक्तिसहित यान्त्रिक उपकरणको ब्य्वस्था मिलाएका छौ ।" मिश्रले भन्नूभयो ।

ADVERTISEMENT

आयोजनाबाट उपलब्ध यान्त्रिक उपकरण र अपरेटरको विवरण जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)लाई आयोजनाले उपलब्ध गराउनुपर्ने र २४ घण्टा नै तयारी अवस्थामा रहनु पर्ने बैठकमा निर्णय भएको छ ।

सडक खण्डअन्तर्गत पर्ने दाउन्ने सडक खण्डमा पानि आउदा हिलाम्मे भएर बाटो जाम हुने समस्या आउने स्थानीयहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?