काठमाडौं । दक्षिणपूर्व अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार हवाईजहाज बेपत्ता भएको छ ।
मलावीको राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै उपराष्ट्रपति सौलोस क्लोस चिलिमा सहित ९ जना सवार हवाईजहाज बेपत्ता भएको जानकारी दिँदै उहाँहरुको खोजीकार्य जारी रहेको जनाएको छ ।
राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा उपराष्ट्रपति सौलोस क्लोस चिलिसहितका व्यक्तिहरु सवार हवाईजहाज बेपत्ता भएको हो ।
५१ वर्षीय चिलिमा मलावी सेनाको हवाईजहाजमा हुनुहुन्थ्यो । उक्त हवाईजहाज स्थानीय समयअनुसार ९ः१७ बजे (नेपाली समय अनुसार दिउँसो १ बजे) राडारसँग सम्पर्कविच्छेद भएको थियो ।
राष्ट्रपति लाजरस चकवेराले सुरक्षाकर्मीहरुलाई खोज तथा उद्धारमा परिचालित हुन निर्देशन दिनुभएको छ। उहाँले बहामास जाने पूर्वनिर्धारित कार्यक्रम पनि रद्द गर्नुभएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts