काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार लगातार तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिँदैछन् ।
शपथ ग्रहण समारोहअघि एनडीए प्रमुखको रूपमा मोदीले मन्त्रिपरिषद् सदस्यहरूको सूची राष्ट्रपति द्रौपदी मुर्मुलाई हस्तान्तरण गर्नेछन् ।
‘इन्डियन एक्सप्रेस’का अनुसार तेलुगु देशम पार्टीका १६ सांसद निर्वाचित भएका छन् । पार्टीले दुई मन्त्री पद पाउन सक्छ । पवन कल्याणको जनसेना (दुई सांसद) ले पनि मन्त्री पद पाउन सक्छ।
चर्चामा रहेअनुसार श्रीकाकुलम सांसद के राम मोहन नायडू, गुंटूर सांसद चन्द्रशेखर पेम्मासानी र चित्तूर सांसद डी प्रसाद राव समावेश छन्।
नितिश कुमारको जनता दल (युनाइटेड) का तीन सांसदले पनि मन्त्रिपरिषद्मा स्थान पाउनेछन्। चिराग पासवानको पार्टी लोक जनशक्ति (रामविलास) ले मन्त्री पद पाउन सक्ने संभावना छ।
एनडीटीभीका अनुसार जेडीयूका पूर्व अध्यक्ष राजीव रञ्जन सिंह ‘लल्लन’ र बिहारका मुख्यमन्त्री नितिश कुमारका विश्वासपात्र सञ्जय झालाई क्याबिनेट पदका लागि मनपर्ने मानिएको छ।
चार दर्जन मन्त्रीले सपथ लिन सक्ने एनडीटीभीले लेखेको छ । स्रोतका अनुसार बीजेपीले आफ्ना सहयोगीहरूलाई अहिले दबाब नबनाउन भनेको छ। मन्त्रिपरिषद् विस्तारको दोस्रो चरणमा उनीहरुको माग सम्बोधन गरिनेछ । यो सहमतिपछि कुन दलले कति सेयर पाउने भन्ने टुंगो लागेको छ ।
उत्तर प्रदेशमा बीजेपीलाई परेको धक्काको झलक मोदी क्याबिनेटमा पनि देख्न सकिन्छ।
भर्खरै सम्पन्न लोकसभाको चुनावमा भाजपाले २ सय ४० सीट प्राप्त गरेको छ जुन बहुमतभन्दा भन्दा ३२ सीट कम हो । भाजपाले २०१९ को चुनावमा ३०३ सिट जितेको थियो । भाजपा र एनडीएका सहयोगीहरूले अहिले २९३ सिट जितेका छन् ।
कांग्रेसको नेतृत्वमा चुनाव लडेको इन्डिया गठबन्धनले यस पटक राम्रो प्रदर्शन गर्दै २३३ सिट जित्न सफल भयो ।
गत निर्वाचनमा कांग्रेसले ५२ सिट पाएको थियो तर यसपटक ९९ सिट जितेको छ ।
-एजेन्सी







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts