रत्ननगर । नेपाली कथनाक चलचित्र ‘अस्ट्रेलियन दुल्हा’ को शुभ-मुर्हत गरिएको छ । आइतबार पूर्वी चितवनको रत्ननगर वडा नं १ निपनी स्थित गायत्री हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ-मुर्हत गरिएको हो ।
चलचित्रको आइतबारबाटै छायाङ्कन सुरू गरिएको छ । करिब २५ दिन छायाङ्कन सेड्युल रहेको उक्त चलचित्रको छायाङ्कन चितवनका विभिन्न रमणिय स्थानहरूमा गरिँदैछ । नेपालीहरु अस्ट्रेलिया जाने र उतै बस्ने कथा चलचित्रले बोल्ने छ । युवाहरु बैदेशिक रोजगारी र अध्यायनका सिलशिलामा विदेशीने र देशप्रतिको प्रेमभाव विर्सिदै जाने पछिल्लो परिपार्टीलाई चलचित्रले सचेत गराउने छ । रेहान मियाँको निर्माण एवमंं निर्देशनमा बन्न लागेको चलचित्रमा किशोर खतिवडा, प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला र रेश्मा सुवेदीको मुख्य भूमिकामा रहनुभएको छ ।
चलचित्रको लागि किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगित दिनुभएको छ भने रवि कोइरालाको छायाङ्कन रहने छ । करुणा फिल्मको व्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रमा लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी, बाल कलाकार अक्सा कोइराला लगायतको अभिनय हेर्न सकिन्छ ।
चलचित्रको मुख्य सहायक निर्देशकमा करण साउद, सहायक निर्देशनमा राजन मोक्तान, द्वन्द्व निर्देशन निदेशक देव महर्जन, नृत्य निर्देशकमा किशोर चौधरी हुनुहुन्छ । फिल्मको सफलताका लागि कलाकार राम रिमाल, मिलन लामाले शुभकामना दिनुभएको छ । उक्त चलचित्रलाई तिहारको मौका पारेर प्रर्दशनमा ल्याइने छ । चलचित्रको कथा पनि निदेशक मियाले नै लेख्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा