काठमाडौं । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी प्रमोद दाहाल हुनुहुन्थ्यो । कोषाध्यक्ष र महासचिव भइसक्नुभएका नवनिर्वाचित अध्यक्ष थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा हुनुहुन्छ ।
नाट्टाको ५७औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो भने महासचिवमा युविका भण्डारी, सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित हुनुभएको छ ।
सदस्यमा श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेल विजयी हुनुभएको निर्वाचन अधिकृत पौड्यालले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष थपलियाले सरकारको आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न आफूले पहल गर्ने बताउँदै हवाई क्षेत्रमा भ्याट लगाउँदा उल्लेख्यमात्रामा पर्यटक भिœयाउन नसक्ने भएकाले भ्याद खारेजीको मागसमेत गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts