क्याप्टेन किनलक मार्गमा पदयात्रा

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । क्याप्टेन किनलक मार्गमा शनिबार पदयात्रा गरिएको छ । जिल्लाको कमलामाई नगरपालिका-२ चियाबारीदेखि कनपा-३ सिन्धुलीगढीसम्म (८ किलोमिटर) पदयात्रा गरिएको हो ।

‘सिन्धुलीको शान, गढीहरुको पहिचान’भन्ने मुख्य नाराका साथ गरिएको पदयात्रामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीलगायत सरकारी, गैरसरकारी संघसंस्थाका प्रमुख, प्रतिनिधि, पत्रकार र स्थानीय नागरिकसहित पाँच सय जना सहभागी थिए ।

कनपा-६ माझिटारस्थित नेपाली सेनाको श्री नं ९ बाहिनी अड्डाले वर्षेनी आयोजनागर्दै आएको पदयात्राले इतिहासको स्मरण, संरक्षण र प्रर्वद्धन गर्न सहयोग पुग्ने ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ पुस्तकका लेखक तथा कमलामाई नगरपालिका, सिन्धुलीका सूचना अधिकारी सागरकुमार ढकालले बताउनुभयो ।

उहाँकाअनुसार क्याप्टेन किनलक मार्गमा नेपाल एकिकरण अभियानका बेला क्याप्टेन किनलकको नेतृत्वमा रहेको इस्ट-इन्डिया कम्पनीका फौजहरु पैदल हिडेका थिए ।

वि.सं. १८२४ को असोज १५ गते क्याप्टेन किनलकको नेतृत्वमा आएका दुई हजार चार सय ब्रिटिश सेनालाई स्थानीयसहित करिब एक हजार दुई सयको संख्यामा रहेका गोर्खाली फौजले सिन्धुलीगढीको लडाइँमा पराजित गरेर पठाएको इतिहास छ ।

ADVERTISEMENT

नेपाल एकीकरणको समयमा काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्ललाई सहयोग गर्न आएको ब्रिटिश सेनालाई बंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले सिन्धुलीगढीबाट पराजित गरेर धपाएको बताइन्छ ।

बीपी राजमार्ग निर्माण नहुँदासम्म सिन्धुलीको महाभारत उत्तरतर्फ र रामेछाप, ओखलढुङ्गा, दोलखालगायतका जिल्लाका मानिसहरुको आवतजावत गर्ने मार्ग पनि यही क्याप्टेन किनलक मार्ग नै थियो ।

सदरमुकाम सिन्धुलीमाडीबाट चियाबारी पुगेपछि ग्वाङखोलाको किनारै किनार फेदीसम्म जाने र त्यहाँबाट ठाडो उकालो भएर हात्तीढुङ्गा, सिरवानी, ढुंग्रेभन्ज्याङ, साउनेपानी हुँदै प्रवेशद्वारबाट गढी क्षेत्रमा भित्रने पुरानो बाटो किनलक मार्गमा पर्दछ ।

पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा बाधा पुर्‍याउन काठमाडौंका तत्कालीन राजालाई सहयोग गर्न आएका ब्रिटिश फौजलाई नेपाली फौजले भूगोलको साथ लिएर प्रतिरक्षा गर्दै लडाइँ गरेकाले यो मार्ग अन्य भन्दा भिन्न र महत्वपूर्ण रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?