नयाँ दिल्ली । रामोजी ग्रुप अफ कम्पनीका अध्यक्ष रामोजी रावको ८७ वर्षको उमेरमा निधन भएको छ ।
हैदराबादको एक अस्पतालमा शनिबार उहाँको निधन भएको हो । उहाँ लामो समयदेखि बिरामी भएर अस्पताल भर्ना हुनुभएको थियो
रामोजी रावलाई मिडिया जगतमा ठूलो व्यक्तित्व मानिन्थ्यो। उहाँ रामोजी फिल्म सिटी र ईटिभी नेटवर्कका मालिक थिए। सन् २०१६ मा उहाँलाई पद्मविभूषणबाट पनि सम्मानित गरिएको थियो ।
रामोजी रावलाई उच्च रक्तचाप र सास फेर्न गाह्रो भएपछि ५ जुनमा हैदराबादको एक अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले पनि रामोजी रावको निधनमा शोक व्यक्त गर्नुभएकाे छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts