काठमाडौं । मञ्जुश्री फाइनान्सले टप अपमा क्यासब्याक अफर ल्याएको छ । अब मञ्जुश्री स्मार्टबाट टप अप गर्दा २० प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।
कम्पनीले एफ वान सफ्टसँगको सहकार्यमा अफर सीमित अवधिका लागि ल्याएको जनाएको छ । पछिल्लो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा कमाउन सफल कम्पनीले २७ शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।






