
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई दुईवटा एम्बुलेन्स र दुईवटा शव वाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले एम्बुलेन्स र शव वाहनको चाबी हस्तान्तरण गर्नुभएको हो ।
प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई सहयोगले थप सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । घटना र दुर्घटनामा तत्काल उद्धार गरी अस्पतालसम्म पुर्याउन सवारीसाधन निकै उपयोगी हुने उहाँको भनाइ थियो । प्राप्त सवारीसाधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणसमेत लाभान्वित हुने कुँवरले बताउनुभएको छ ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले विगतमा बैंक र नेपाल प्रहरीबीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच