काठमाडौं । स्टे कुल, सेभ इनर्जी सुइच बिएलडिसी फ्यान टुडे भन्ने नाराका साथ चौधरी ग्रुपअन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मीयामलाई मध्यनजर गर्दै पहिलोपटक बिएलडिसी सिलिङ फ्यानका साथै अन्य धेरै फ्यान बजारमा ल्याएको छ । उक्त सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत बचत हुने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार उक्त सिलिङ फ्यान नेपालका लागि पहिलो ओइएम ब्राण्ड जसमा बिएलडिसी टेक्नोलोजी रहेको छ, साथै रोबस्ट र रिलायबल बिएलडिसी मोटर भएकाले बजारमा आउने अन्य फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको छ ।
फ्यान एक सय १० देखि दुई सय ८० बीचको कुनै पनि भोल्टमा पनि तीव्र गतिमै घुम्ने बताइएको छ । रिमोट सुविधायुक्त सिलिङ फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा दुई वर्ष वारेन्टी दिएको छ । नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादन आफ्ना च्यानल र डिलर आउटलेटमार्फत् बिक्री गर्दै आएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts