
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा झाेलुङ्गे पुल सुचारु हुँदा सुस्ता बासीको दैनिकी नै फेरिएको छ । घरमा आवश्यक पर्ने धेरै जसो सरसामान किनमेल गर्न घन्टौको लाग्ने सुस्ताबासीलाई झलुङ्गे पुल बनेपछि सहज भएको हो ।
सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष एब सुस्ता ०५ वडा सदस्य अदम खाले पुल बने पछि घरमा आवश्यक पर्ने सरसामानको किनमेललाई सहज भएको बताउनु भयो । "घरमा आवश्यक परेको सरसामान किन्न ढुङ्गाको यात्रा गरे नेपाली बजारमा जानू पर्ने त्यसैमा बिहान ढुङ्गा छुट्यो भने ३/४ घण्टा कुर्नु पर्ने थियो । जस्ले गर्दै दिनै बित्न गर्दथियो ।" खाले भन्नुभयो ।
पुल नहुँदा सुस्ताबासीलाई बजार गर्ने २ वटा विकल्पहरु रहेका थिए । कि त नेपाल बजारमा कि त भारतीय बजारमा जाने । नेपाली बजारमा आउन एक दिन नै पुरै जाने त्यसैमा त बर्खाको समयमा ढुङ्गा नचल्ने हुँदा नेपाली बजारमा आउन नै सकिने अवस्था नै नहुने खाको भनाइ छ । सुस्ताबासी नारायणी नदिले गर्दा नेपाली बजारमा भन्दा पनि भारतीय बजारमा किनमेल गर्न जान सहज थियो ।
सुस्ता ०५ का वडा अध्यक्ष प्रभुनाथ यादव झाेलुङ्गे पुल बने पछि घरमा आवश्यक पर्ने खाद्या सामाग्री किन्न धेरै सहज भएको बताउनु भयो । " दैनिक बजार गर्ने, स्वास्थ्य उपचार र सुस्त्केरीलाई अस्पताल पुर्याउन धेरै सहज भएको छ ।" यादवले भन्नुभयो ।
करिब २३ करोडको लागतमा सुस्ता ०५ मा १ हजार ५ सय ७१ मिटर लामो पुल बनेर सुचारु भएको छ । सुस्ता गाउँपालिका ०५ मा (नारायणी पारी सुस्ता) मा २ सय ६५ घर धुरीमा करीब ३ हजार २ सय जना बसोबास गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच