काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेको पक्षमा उभिएको छ ।
प्रतिनिधि सभा आजको बैठकमा कांग्रेसले मेयर बालेनलाई आफ्नै हिसावले काम गर्न दिनुपर्छ भनेको छ ।
प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा कांग्रेस सांसदहरुले महानगरको काममा हस्तक्षेप नगर्न केन्द्र सरकारसँग आग्रह गरेका हुन् ।
विशेष समयमा बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा सडक पेटी विस्तार गर्ने काम सही भएको बताउनु भयो। शर्माले काठमाडौंका मेयर बालेन्द्र शाहसँग भिड्न केपी ओलीनै मैदानमा उत्रिनु स्वभनीय नदेखिएको पनि टिप्पणी गर्नुभयो ।
महामन्त्री शर्माले संघ र स्थानीय तहबीचको द्वन्द्वमा संघीय सरकार नै बढी जिम्मेवार हुनुपर्ने बताउँदै न्यूरोडमा बालेनले गर्न लगाएको काम जायज रहेको दाबी गर्नुभयो ।
‘यो प्रकरणमा म यतिमात्रै भन्न चाहन्छु संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ । न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए, ठीक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिइनुपर्छ । संघले यसमा कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुरातर्फ फिर्ता हुनुपर्छ,’– उहाँले भन्नुभयो ।
कांग्रेस कै अर्का सांसद अर्जुननरसिंह केसीले पनि बालेन र संघ सरकारबीच भद्रगोलको अवस्था देखिएको भन्दै बालेनलाई काम गर्न दिनुपर्ने बताउनु भएको थियो ।
उहाँले भन्नुभयो,‘संघ प्रदेश र स्थानीय तहबिचको सम्बन्ध संघर्षमा होइन समन्वयमा र उत्तेजनामा होइन सहअस्थित्वमा आधारित छ । यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको छ । संविधानको अनुसूचि ५,६,७,८,९ ले कार्यअधिकार स्पष्ट रुपमा तोकेको छ । हाल संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकार माथि गम्भिर प्रश्न उठेको छ । तत्काल समन्वय होस् । सरकारीरु पक्षले अहंकार,हुलउदत्त र झगडिया मानसिकता नबोकोस् ।’
उहाँले सरकारले तत्काल समन्वय गर्न आग्रह गर्नुभयो । उहाँले सरकारी पक्षले अहंकार,हुल उद्धत र झगडिया मानसिकता बोक्न नहुने बताउनु भयो ।
कांग्रेसकै अर्की सांसद कान्तिका सेजुवालेल पनि बालेनलाई काम गर्न रोक्न नहुने बताउनु भयो ‘कि स्थानीय सरकार सञ्चालन ऐनले जुन परिकल्पना गरेको छ । त्यो खारेज गरौं । हैन भने बालेनलाई काम गर्न किन नदिने ’ उहाँले भन्नुभयो । ‘न्यूरोडदेखि इन्द्रचोक, वसन्तपुर र ठमेलमा किन गाडी गुड्ने सहर चाहियो । किन रिङरोड चाहियो । फुटपाथ बनाउन किन सरकारले अवरोध गरेको’ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts